१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायणको हरिविजोग, भ्रष्टाचारको दाग, सांसद पद पनि चट !

१९ असोज, काठमाडाैँ । पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण राैनियारको हरिविजोग भएको छ । कांग्रेसको प्रभुत्व हुँदासम्म कांग्रेस नेतासँगको सेटिङमा ठेक्का लिएर काम नगरी कराेडाैँ भ्रष्टाचार गर्दै अाएका उनले भ्रष्टाचार र ठगीकै लागि पछिल्लो समय संघीय समाजवादी फोरममा लागेका राैनियारको सांसद पदसमेत शुक्रबारबाट निलम्बनमा परेको छ । उनी अदालतबाट भ्रष्टाचारी ठहर भएपछि भने उनको सांसद पदनै चट हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका मालिक सांसद हरिनारायण रौनियारविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका छन । पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

संघीय समाजवादी फोरम नेपालबाट सांसदसमेत रहेका रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको हो । गत वर्ष भएको प्रतिनिधिसभाकाे निर्वाचनमा पर्साबाट निर्वाचित हुनुअघिसम्म रौनियार पप्पु कन्सट्रक्सनको अध्यक्ष थिए । हाल उनका छोरा सुमित पप्पु कन्स्ट्रक्सनको अध्यक्ष छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार १८:४७