२१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026

पक्राउ परेका सेयर लगानीकर्ताले प्रहरी कार्यालयमा नै सुरू गरे धर्ना, रिहाइ हुन मानेनन्

३ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय घेराउ गर्दा पक्राउ परेका सेयर लगानीकर्ताहरुले प्रहरी कार्यालयमा नै धर्ना सुरु गरेका छन् । पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको माग राख्दै आज बिहान नेप्से कार्यालय घेराउ गर्न पुगेका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका लगानीकर्ताहरुले रिहाइ हुन नमानि अहिले प्रहरी वृत्त सिंहदरबारमा धर्ना सुरु गरेका हुन् ।  पक्राउ पर्नेमा तिलक कोइराला, अर्जुनकुमार कोइराला र नयन बास्तोला रहेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १६:२९