२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

पप्पु कन्स्ट्रक्सनका ठेकेदार सांसद हरिनारायण रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका ठेकेदार सांसद हरिनारायण रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।

 

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । संघीय समाजवादी फोरम नेपालबाट सांसदसमेत रहेका रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको हो ।

गत वर्ष भएको प्रतिनिधिसभाकाे निर्वाचनमा पर्साबाट निर्वाचित हुनुअघिसम्म रौनियार पप्पु कन्सट्रक्सनको अध्यक्ष थिए । हाल उनका छोरा सुमित पप्पु कन्स्ट्रक्सनको अध्यक्ष छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार १६:०९