१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

नेकपाकाे सचिवालय बैठक असोज २१ मा बस्ने

१९ असाेज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज २१ गते आइतबारलाई सचिवालय बैठक बोलाएको छ । शुक्रबार बिहान अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै २ घण्टाको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको बताइएकाे छ ।

बैठकमा नेता माधबकुमार नेपालको असन्तुष्टि, सरकारको कामकारवाहीको विषयमा छलफल हुने जनाइएको छ । नेकपाका दुबै अध्यक्ष केपी ओली र प्रचण्ड विदेशमा रहेको समयमा वरिष्ठ नेता माधव कुमार नेपालले सरकारको काम कारवाहीका विषयमा असन्तुष्टि पोखेको र स्थायी कमिटीका नेतालाई चियापान गराएकाे विषयमा समेत छलफल हुने बताइएकाे छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार १४:३५