१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन प्रधानमन्त्रीको निर्देशन


२ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिएका छन् ।

बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नु परेको भन्दै अनावश्यक दुख नदिन निर्देशन दिएका हुन् ।

“वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुख पाएको कुरा गम्भीर छ। कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस्।

दुख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।” बैठकमा भएको प्रस्तुतिले चालु आर्थिक वर्षको हालसम्मको अवस्था उजागर गरेको छ।

गृह प्रशासनसँग सम्वन्धित विद्यमान नीति तथा कानुनहरूलाई समसामयिक बनाउनेतर्फ लाग्ने र कार्य सञ्चालनसँग सम्वन्धित निर्देशिका, दिग्दर्शन र कार्यविधि तर्जुमा एवं परिमार्जन गर्ने जस्ता निर्देशनहरु गरिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १६:३९