५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

अन्तिम काराेबारकाे दिन यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री

२ चैत, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार पनि सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५.३२ अंकले घटेर १९३३.३१ बिन्दुमा बन्द भएकाे छ ।

आज १ अर्ब १४ करोड १४ लाख बढीकाे कारोबार भएको छ । यस दिन एनआइसी एशिया बैंक र नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । आज एनआइसी एशियाको ४ करोड ९४ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ३ करोड ८३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३० लाख र सिद्धार्थ बैंकको प्रोमोटर शेयर २ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १५:११