जब डीनले काखैमा राखेर महिलाको संवेदनशील अंगमा चुम्बन सुरू गरे…
२ चैत, काठमाडाैँ । जुम बैठक चलिरहँदा महिला कर्मचारीसँग अश्लील हर्कत गर्ने चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तले बैठकको बीचमा अश्लिल काम गरेका छन । दत्तले अश्लील हर्कत गरेको भिडिओ नै नारायणी अनलाइनले सार्वजनिक गरेको छ ।
डीन जयप्रकाश दत्तले मंगलबार भएको जुम बैठकमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहँदा डीन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियोमा देखिन्छ । सार्वजनिक दुईवटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ भने अर्को भिडियोमा उनको संवेदनशील अंगमा चुम्बन गरेको देखिन्छ ।
प्रकाशित मिति : 14:11









