२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

रामचन्द्र पाैडेलको राष्ट्रपति पदको सपथमा एमालेको गम्भीर प्रश्न, के गर्लान पाैडेलले ?

१ चैत, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिको सपथको विषयमा गम्भीर प्रश्न उठाएको छ । नेकपा एमालेका प्रभावशाली नेता एवं सचिव योगेशकुमार भट्टराईले सामाजिक सञ्जाल मार्फत रामचन्द्र पाैडेलको राष्ट्रपति पदमा भएको शपथमा प्रश्न उठाएका हुन ।

उनले सपथ बदर गरेर पुनः लिनुपर्ने संकेत गरेका छन । अमेरिकी राष्ट्रपतिको सपथको उदाहरण दिँदै भट्टराईले प्रतिज्ञा गर्दछु भन्नु पर्नेमा प्रतिक्षा गर्दछु भन्नु गलत भएको बताएका छन । उनले भनेका छन, ‘अमेरिकी राष्ट्रपति ओबामाले सपथको बेहोरा सहि उच्चारण नगर्दा पुन: सपथ गर्नु परेको थियोहाम्रा राष्ट्रपति रामचन्द्र पौडेलले सपथमा प्रतिज्ञा गर्दछु भन्नु पर्नेमा प्रतिक्षा गर्दछु भन्नु भएको स्पस्ट सुनिन्छ ।
हाम्रा राष्ट्रपतिले पुन: सपथ लिनु पर्छ कि पर्दैन होला ? तपाईंलाई के लाग्छ ?’

एमालेका तर्फबाट चर्को आवाजमै यो विषय उठेको अवस्थाम राष्ट्रपति पौडेलले के गर्लान भन्ने प्रतिक्षाको विषय बनेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार २०:४२