१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

अाइजिपी सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्ने मागले अखिलमा तनाव, महर र पुनको अापत्ति

१९ असोज, काठमाडाैँ । आफ्नो स्वार्थ पुरा नभएपछि २ महिना अघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको नाम बेचेर प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गरेपछि पूर्व एमाले र माओवादी केन्द्रका बिद्यार्थीबीच बिवाद उत्पन्न भएको छ ।

पूर्व एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामा र पूर्व माओवादी केन्द्रको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले बिहीबार गृह मन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएपछि दुवै संगठनमा असन्तुष्टी छताछुल्ल भएको छ ।

अखिलका महासचिव ऐन महरले प्रहरी प्रमुखको राजीनामा संगठनको आधिकारीक धारणा नभएको बताएका छन भने अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले पनि प्रहरी प्रमुखलार्इ बर्खास्त गर्ने कुरा बेमौसमको बाजा भएको बताएका छन ।

कुनै पनि ब्यक्ति वा संगठन प्रमुखलार्इ बर्खास्त गर्न माग गर्नु अघि संगठनमा छलफल नै नगरी ज्ञापनपत्र बुझाउनु केटाकेटीपन भएको अखिलका महासचिव महरले बताए । संगठनको काम संस्थागत रूपमा हुन्छन, छलफल गरेर हुन्छन तर यहाँ व्यक्तिगत इच्छा र चाहनालार्इ संगठनको लेटरप्याडमा राख्नु राम्रो होइन उनले भने ।

 दुवै संगठनबीच एकता भएको घोषणा गरिएपनि दुवै संगठनबाट नेतृत्वमा को जाने भन्ने टुंगो नलागेको र दुवै संगठनका अध्यक्षको हैसियत नै नभएको ब्यक्ति गएर ज्ञापनपत्र बुझाउनु उदेक लाग्दो बिषय भएको एक बिद्यार्थी नेताले बताएका छन ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार ०७:४०