ग्रीन डेभलपमेन्ट बैंकको सिइओमा हरि बहादुर बुढाथोकी नियुक्त
१ चैत, काठमाडाैं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् ।
कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम रिक्त रहेको पदमा आज चैत १ गते बुधबारदेखि लागु हुने गरी सिइओमा बुढाथोकीलाई नियुक्त गरेको हो ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १२:०९












