नेसनल हाइड्रोपावरले बाेलायाे साधारणसभा, सेयरधनीकाे हात खालि
१ चैत, काठमाडाैं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चैत ३ गते वार्षिक साधारणसभा बाेलाएकाे छ । सभा डेलिस ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि कुनै पनि लाभांश प्रस्ताव गरेकाे छैन् । याे बर्ष सेयरधनीकाे हात खालि हुने छ ।
साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा, नोक्सान, नगद प्रवाह विवरणलगायतका विषयमा छलफल हुनेछ । साथै, सभामा आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गते बुकक्लोज गरिसकेको छ । यसकाे अर्थ फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा सहभागि हुन सक्नेछन् । नेसनल हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर निष्सकानका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ११:५७












