१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

बालात्कार मुद्दामा न्याय माग्दै मध्यरातमा संसद र सर्वोच्चको भित्तामा रंग छ्याप्दै प्ले कार्ड प्रदर्शन


१ चैत, काठमाडौँ । अधिकारकर्मी जस्मिन ओझा र बलात्कार मुद्दामा न्याय मागिरहेकी विनु यादले मध्यरातमा संसाद भवन, प्रधानमन्त्री निवास, सिंहदरवार, सर्वोच्च अदालत, जिल्ला सरकारी वकिल कार्यालय र काठमाडौं जिल्ला प्रशासन कार्यालयको गेड र भित्तामा रातो रंग छ्यापेर प्लेकार्ड देखाउँदै प्रदर्शन गरेका छन ।

मध्यरातको १२ बजेदेखि बिहानको राति ३ बजेसम्म उनीहरूले बिरोध प्रदर्शन गरेको अधिकारकर्मी जस्मिनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन । उनले काठमाडौँ रहेका सम्पूर्ण सर्वोच्च निकायहरूमा पुगेर विरोधको फरक शैली अपनाएको बताएकी छिन । उनले पीडितलाई थप पीडा दिने अदातलहरूको विरूद्धमा चर्को अवाज उठाउने र पछि नहट्ने बताएकी छिन ।

जिल्ला अदालत रामेछापले आफ्नै भतिजी बुहारीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेको मुद्दामा सफाइ दिएपछि पीडित विनु यादवसहित आन्दोलित भएका छन । जिल्ला अदालत रामेछापले अभियोग लागेका व्यवसायी पवन कठायतलाई सफाइ दिएपछि पैसामा न्याय बिकेको भन्दै जस्मिन र विनुले सार्वजनिक रूपमा बिरोध र प्रदर्शन गरिरहेका छन ।

रामेछाप जिल्ला अदालतकी न्यायाधीश इन्दिरा शर्माको एकल इजलासले बलात्कारको दाबी नपुगेको भन्दै कठाएतलाई पूर्ण सफाई दिइएकी थिइन ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०४:३४