संसदमा माझी खोज्ने माधव नेपालसँग केपी अोलीको २०२९ सालदेखि दोस्ती
१८ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग २०२९ सालदेखि दोस्ती रहेको बताएका छन । बिहीबार अमेरिका भ्रमणबाट फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माधव नेपालसँगको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताउँदै नेता नेपालसँग २९ सालदेखि मित्रता-घनिष्ठता रहेको बताए ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहेका बेला नेता नेपालले सरकारको कामप्रति संसदमै प्रश्न उठाएका थिए भने प्रदेश कमिटी गठनमा असन्तुष्टि जनाउँदा स्थायी कमिटी सदस्यहरुको भेला गरेका थिए । अमेरिकाबाटै नेपाललार्इ कडा जवाफ दिएका अोलीले स्वदेश फर्किएपछि भने नरमता प्रस्तुत गरे ।
प्रधानमन्त्री ओलीले एउटा हावा चल्यो पात हल्लियो भन्दैमा त्यसको पछाडि लाग्नु दृष्टिकोण नभएको राजनीति हुने बताए । सरकारले नराम्रो काम एउटा पनि गरेको र राम्रो गर्ने कोसिस गरेको प्रधानमन्त्री ओली बताए । आफ्नो नेतृत्वको सरकार ५ वर्ष चल्छ र अर्को चुनावपछि झन् बलियो भएर आउने उनले बताए ।
प्रकाशित मिति : १८ आश्विन २०७५, बिहीबार १७:४४