२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

ऋण तिर्न तयार छौं तर चर्को व्याज घटाउनु पर्छः उपाध्यक्ष श्रेष्ठ

३० फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरुले ऋण नतिर्ने नभनेको तर चर्को व्याजदर घटाउनु पर्ने बताएका छन्।

मंगलबार नेपाल राष्ट्र बैंकको केन्द्रीयकार्यालय मार्ग भाटभटेनीमा आयोजित विरोध प्रर्दशनमा उनले बढ्दो व्याज धान्नै नसकेर व्यवसायी पिडित भएको दुखेसो गरे । उनले भने ‘बैंक तथावित्तिय समस्याले व्यवसायीहरु पिडित छन् । बढ्दो व्याजव्यवसायीहरुले धान्नै सकेनन्।

अहिले लिलामीको सुचनाहरु निस्कीरहेको छ । हामीले व्याज र ऋणतिर्दीन भनेका छैनौं । व्याजतिर्न सक्ने अवस्थाभएन् । त्यसैले बढ्दो व्याजदर घटाउनु पर्याे भन्ने मात्र हाम्रो माग हो ।

बैंक तथा वित्तीय समस्या संघर्ष समिति नेपालले आयोजना गरेको प्रर्दशनमा विभिन्न उद्योगी तथा व्यवसायी सहभागि थिए । समितिले बैंक तथा वित्तीय समस्या समाधानको माग गर्दै विरोध प्रर्दशन गर्दै आएको छ ।

प्रकाशित मिति : 16:35