सामान्य अंकले बढ्याे सेयर बजार, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट
३० फागुन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा सुधार देखिएकाे छ । निरन्तर ओरालाे लागेकाे बजार आज भने सामान्य अंकले बढ्न पुगेकाे हाे । नेप्सेमा सुधार देखिए पनि कारोबार भने खासै बढ्न सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८५ अकंले घटेर १९५३.०६ बिन्दुमा बन्द भएको छ । आज २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १३ करोड५९ लाख २५ हजार ३५७ रुपैयाँको कारोबार भएको छ । आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ ।
बैंककाे यस दिन १० करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज युनिक नेपाल र शुभम् पावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन एनआइसी एसिया ब्यालेन्स फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १५:१८












