१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

रासायनिक मलको अभाव खेपिरहेका किसान मारमाः अनुदान कटौती गर्दै सरकारले बढायो मूल्य


२९ फागुन, काठमाडौं । सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गरेको छ । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाएको छ । अनुदान घटेसँगै अब किसानले किन्ने मलको भाउ बढ्नेछ ।

मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मध्यान्ह १२ बजेदेखि आयात हुने बिन्दुमा मूल्य बढाउने निर्णय गरेको हो । नयाँ मूल्य अनुसार  अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको छ ।

बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यस अघि युरिया १४ रुपैयाँ, डीएपी ४३ रुपैयाँ र पोटास ३१ रुपैयाँ किलोमा किन्न पाइन्थ्यो ।

सरकारकाे याे निर्णयसँगै खेतिपातिकाे समयमा रासायनिक मलकाे अभाव खेपिरहेका किसानले झन मारमा परेकाे गुनासाे गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १६:३८