४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

२४.६८ अकंले घट्याे सेयर बजार, १ अर्ब १६ करोडकाे काराेबार

२९ फागुन, काठमाडाैं । साताको दोस्रो काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.६८ अकंले घटेर १९५१.२१ बिन्दुमा बन्द भएको हो । आज २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १६ करोड २५ लाख ३ हजार ५१५ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये २४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ ।

यस दिन कम्पनीकाे ६ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । यस दिन शुभम पावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज खप्तड लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी घटेकाे छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १५:३५