आज यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार
२९ फागुन, काठमाडाैं । साताको दोस्रो काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २४.६८ अंकले घटेर १ हजार ९ साय ९१ दशमलव २१ विन्दुमा बन्द भएकाे छ ।
सेयर बजार घटेसँगै आज कारोबार रकम समेत घटेकाे छ । यस दि एक अर्ब १६ करोडमाथिको कारोबार भएको छ । आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ६ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ५ करोड ६८ लाख, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ५ लाख, हिमालयन डिष्टिलरीको ४ करोड १९ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १५:२९












