११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

निक्षेपको ब्याजदर घटाउने विकास बैंकहरुको निर्णय

२९ फागुन, काठमाडाैं । विकास बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको आज बसेको बैठकले चैत १ गतेदेखि लागू हुने गरी विकास बैंकहरुको मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेको हो ।

बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको छ । चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम हुनेछ।

एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशत पुगेकाे छ । चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरिएकाे छ । फागुनमा संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गरेका थिए।

डिबानले बचतको ब्याजदर पनि घटाउने निर्णय गरेको छ। बचतको ब्याजदर ०.१५ प्रतिशतले घटेको छ । फागुनमा बचतको न्यूनतम ब्याजदर ६.७५ प्रतिशत रहेकोमा चैतका लागि यस्तो ब्याजदर न्यूनतम ६.६० प्रतिशत कायम गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १४:११