११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

१५ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

२८ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले भोलि फागुन २९ गते सोमबार १५ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन ३० गते जारी हुने २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल चैत २८ गते परिपक्व हुने छ । बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल २०८० वैशाख जेठ ३० गते परिपक्व हुने छ । साथै, ३६४ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल २०८० फागुन २९ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १६:३८