१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

माया खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त

२८ फागुन, काठमाडाैं । माया खोला हाइड्रोपावर कम्पनीले सिटिजन्स क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको निर्णयबमोजिम सिटिजन्स क्यापिटललाई कम्पनीको सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो।

अब माया खोला हाइड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयर वालाहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण काम सिटिजन्स क्यापिटलले गर्ने छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार ०९:१९