२० माघ २०८२, मंगलवार | Wed Feb 4 2026

टी–२० विश्वकप छनोट क्रिकेटमा म्यानमारले नेपाललाई दियो ३० रनको झिनो लक्ष्य

१७ असाेज, काठमाडौँؘؘ  । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटमा म्यानमारले नेपाललाई ३० रनको झिनो लक्ष्य दिएको छ।

बुधबार मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ जाेड्दै अलआउट भयो। नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए। उनले २ ओभरमा ३ रन मात्र खर्चिए। यस्तै ललितनारायण राजवंशीले ३ विकेट लिन सफल भए। उनले ३ ओभरमा २ मेडन राख्दा ३ रन खर्चिए। यस्तै ललित भण्डारी र करण केसीले १–१ विकेट लिए।

 

म्यानमारका लागि लिन आउङले सबैभन्दा बढी १६ रन जोडे। उनले २० बलमा २ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। म्यानमारका ६ ब्याट्सम्यान शून्य रनमा अलआउट भएका थिए। छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन्। छनोट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल यही असोज २० गते मलेसियासँग खेल्नेछ।

 

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार १३:३२