१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

सी चिनफिङ चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि निर्वाचित


२६ फागुन, काठमाडाैँ । चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा)का महासचिव सी चिनफिङ तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । १४ औं चिनियाँ जनकंग्रेस (एनपीसी)को जारी अधिवेशनले शुक्रवार सिलाई राष्ट्रपतिमा चयन गरेको ग्लोबल टाइम्सले जनाएको छ । ग्लोबल टाइम्सका अनुसार एनपीसीले सीलाई चीनको केन्द्री सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित गरेको छ ।

त्यस्तै चीनको उपराष्ट्रपतिमा हान झङ निर्वाचित भएका छन । सोही बैठकले झाओ लचीलाई एनसीपीको स्थायी कमिटीको अध्यक्षमा निर्वाचित गरेको ग्लोबल टाइम्सले जनाएको छ । बैठकले एनपीसी स्थायी समितिका १४ जना उपाध्यक्षसमेत चयन गरेको छ । जसमा हाओ मिङचिन, साइ ताफङ, ह वेइ, वु वेइह्वा, तिय निङ, पङ छिङह्वा, झाङ छिङवेइ, लोसाङ जामचन र सोहारत जाकिर, लि होङझोङ, वाङ तोङमिङ, स्याओ चेइ, झङ चिनवाङ, तिङ झोङली छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार ११:३७