३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

नेप्सेमा चार कम्पनीको मूल्य समायोजन, आइतबार कतिमा खुल्छ काराेबार ?

२५ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न चार कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा आशा लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक, साल्ट टेडिङ कर्पोरेशन र साना किसान लघुवित्तको मूल्य समायोजन भएकाे हाे । यी कम्पनीले बोनस सेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

१) साना किसान लघुवित्त

नेप्सेले साना किसान लघुवित्तको २६ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८८८ रुपैंया १० पैसा हुने गरी मूल्य समायोजन गरेको छ ।बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ११९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको हो ।

२) आशा लघुवित्त

नेप्सेले आशा लघुवित्त वित्तिय संस्थाको १४.२८५७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७५२ रुपैंया ५० पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ८६० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको हाे ।

३) सांग्रिला डेभलपमेन्ट बैंक

नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३११ रूपैयाँ ४२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३३८ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हाे ।

४ ) साल्ट टेडिङ कर्पोरेशन

नेप्सेले साल्ट टेडिङ कर्पोरेशनको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३ हजार ९४० रूपैयाँ ९१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ४ हजार ३३५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हाे । सोही मूल्यको आधारमा अब आइतबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १६:१५