३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

उच्च अंकले बढेकाे बजारमा आज यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार

२५ फागुन, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजार उच्च अंकले बढेकाे छ । नेपाल एक्सचेञ्ज (नेप्से) आज ५०.०४ अंकले बढेर २००२.७० बिन्दुमा बन्द भएको छ । आज सेयर बजारमा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ७ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ७३ लाख, अरुण काबेली पावरको ४ करोड ७६ लाख, नबिल बैंकको ३ करोड ५७ लाख र शिव श्री हाइड्रोपावरको ३ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १५:१२