४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?

२५ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज विभिन्न दुई कम्पनीको बोनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा आज प्राइम लाइफ इन्स्योरेन्स र बुटवल पावरको बोनस सेयर सूचिकृत भएको हाे ।

१) प्राइम लाइफ इन्स्योरेन्स

नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्सको १३ प्रतिशत बोनस बापतको ३६ लाख १३ हजार ५००.२५ कित्ता सेयर सूचिकृत भएको हो ।

२) बुटवल पावर

नेप्सेमा  बुटवल पावरको ५ प्रतिशत बोनस बापतको १६ लाख २७ हजार ३७८ कित्ता सेयर सूचिकृत भएको हो । सूचीकृतपश्चात् यी दुबै कम्पनीकाे सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयर बजारमा कारोबार गर्न सकिने छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १३:२०