१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने आरम्भ चौतारी लघुवित्तको निर्णय

२५ फागुन, काठमाडाैं ।  आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

फागुन २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै यस बर्ष सेयरधनीहरुको हात खाली हुने भएको छ।

बैठकले कम्पनीकाे उक्त आर्थिक वर्षको नाफा–नोक्सान तथा नगद प्रवाहलगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरेको छ। उक्त वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १२:५०