११ ब्रोकरलाई नयाँ शाखा खोल्न धितोपत्र बोर्डकाे अनुमति
२५ फागुन, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले ११ वटा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई नयाँ शाखा खोल्न अनुमति प्रदान गरेको छ ।
धिताेपत्र बाेर्डले धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ बमाेजिम नयाँ शाखा खोल्न अनुमति प्रदान गरेको हाे ।
कुन कम्पनीले कुन ठाउँमा पाए शाखा खोल्न अनुमति ?
१. भिजन सेक्यूरिटिज
भिजन सेक्यूरिटिजले कपिलवस्तु जिल्लाको चन्द्रौटा, ईलाम जिल्लाको ईलाम बजार र कैलाली जिल्लाको टिकापुरमा शाखा खाेल्ने अनुमति पाएकाे हाे ।
२. कालिका सेक्यूरिटिज
कालिका सेक्यूरिटिजले महोत्तरी जिल्लाको वर्दिबासमा शाखा खाेल्ने अनुमति पाएकाे छ ।
३. त्रिशक्ति सेक्यूरिटिज
त्रिशक्ति सेक्यूरिटिजले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शाखा खाेल्ने अनुमति पाएकाे छ ।
४. निभ सेक्यूरिटिज
४. निभ सेक्यूरिटिजले सर्लाही जिल्लाको हरिवन र कैलाली जिल्लाको अत्तरियामा शाखा खाेल्ने अनुमति पाएकाे छ ।
५. भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी
भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीले पर्सा जिल्लाको विरगंज, काभ्रे जिल्लाको धुलिखेल, सुर्खेत जिल्लाको सुर्खेत, महोत्तरी जिल्लाको वर्दिबास, म्याग्दी जिल्लाको बेनी र दोलखा जिल्लाको चरिकोटमा शाखा खाेल्ने अनुमति पाएकाे छ ।
६. ईम्पेरियल सेक्यूरिटिज
ईम्पेरियल सेक्यूरिटिजले धादिङ्ग जिल्लाको धादिङ्गबेसीमा शाखा खाेल्ने अनुमति पाएकाे छ ।
७. थ्राईभ ब्रोकरेज हाउस
थ्राईभ ब्रोकरेज हाउसले तनहुँ जिल्लाको दमौलीमा शाखा खाेल्ने अनुमति पाएकाे छ ।
८. सुन्धारा सेक्यूरिटिज
सुन्धारा सेक्यूरिटिजले बारा जिल्लाको सिमरा र चितवन जिल्लाको पर्सामा शाखा खाेल्ने अनुमति पाएकाे छ ।
९. क्रियटिभ सेक्यूरिटिज
क्रियटिभ सेक्यूरिटिजले पाल्पा जिल्लाको तानसेनमा शाखा खाेल्ने अनुमति पाएकाे छ ।
१०. आशुतोष ब्रोकरेज एण्ड सेक्यूरिटिज
आशुतोष ब्रोकरेज एण्ड सेक्यूरिटिजले सिराहा जिल्लाको मिरचैयामा शाखा खाेल्ने अनुमति पाएकाे छ ।
११. मिडास स्टक ब्रोकिङ्ग कम्पनी
मिडास स्टक ब्रोकिङ्ग कम्पनीले गोरखा जिल्लाको गोरखा बजारमा शाखा खाेल्ने अनुमति पाएकाे छ ।
प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १२:२६












