५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

बिहीबार पनि ओरालो लाग्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

२५ फागुन, काठमाडाैं । बिहीबार पनि नेपाली बजारमा  सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ५०० रुपैयाँमा काराेबार भएकाे छ ।

बुधबार पनि सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबीसुन १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार ११:२०