२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

बङ्गबन्धु गोल्डकमको पहिलो खेलमै नेपाल ताजकिस्तानसँग पराजित 

१७ असोज, काठमाडाैँ । डिफेण्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको छ । बङ्गलादेशको ढाकामा आज साँझ भएको खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
ताजकिस्तानको जीतमा ताजिकिस्तानले खेलको २७औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता बनायो । अनन्त तामाङले विपक्षी खेलाडीलाई लडाएपछि रेफ्रीले ताजकिस्तानलाई पेनाल्टी दिएका थिए । पेनाल्टीलाई फाथुएल्लोभले गोल गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको ताजिकिस्तानले ६८औँ मिनेटमा टुरिनोभ कोमरोनले गोल गरे गर्दै अग्रता २–० मा पु¥याए । त्यसपछि खेलमा गोल भएन र ताजाकिस्तानले खेल २–०ले जित्यो ।

नेपालले समूह चरणको दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्लोस्टाइन र ताजाकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । साबिक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो ।

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ तथा अञ्जन विष्ट छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार ०६:२९