२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

दुर्गा प्रसाईंको कालोमोसो दस्ताका संयोजक शम्भु थापा चिया पसलबाट पक्राउ

२५ फागुन, काठमाडौं । दुर्गा प्रसाईंको कालोमोसो दस्ताका संयोजक शम्भु थापा चिया पसलबाट पक्राउ परेका छन । प्रहरीले मंगलबार बिहान थापालाई चितवनको मालपोत कार्यालय नजिकबाट पक्राउ गरेको हो ।

प्रसाईंले धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक महाअभियानको नाममा देशका विभिन्न ठाउँमा सभा गरी कालोमोसो दस्ता बनाएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मालपोत कार्यालय नजिकै रहेको चिया पसलबाट मंगलबार उनलाई नियन्त्रणमा लिएको हो।

केही दिनअघि चितवनको नारायणी नदी किनारमा सभा गरेपछि भरतपुर विमानस्थलबाट कालोमोसो दस्ता घोषणा गरिएको थियो।

यो दस्ताले ऋण असुलीमा लाग्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसो दल्ने सार्वजनिक घोषणा गरिएको थियो ।

प्रकाशित मिति : March 8, 2023 at 12:30 pm