आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
२३ फागुन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४१ अकंले बढेर १९५२.६६ बिन्दुमा बन्द भएको छ । आज २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।
शेयर बजार सामान्य रुपले बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घट्न पुगेको छ । आज सिवाइसी नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेकाे छ । कम्पनीकाे सेयर मूल्य यस दिन ५ .१८ प्रतिशतले घटेको हाे ।
त्यस्तै, नबिल इक्युटी फण्डकाे सेयर मूल्य ३.८५ प्रतिशत, समिट लघुवित्तकाे सेयर मूल्य ३.४३, कुमारी धनबृद्धि योजनाकाे सेयर मूल्य ३.०३ प्रतिशत, सामलिङ पावर कम्पनीकाे सेयर मूल्य २.५३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १५:३१












