१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

आवेगमा आउँदा संयम गुमाएर बोल्ने माधव नेपालको कमजोरी छ: सूर्य थापा, नेता नेकपा

१६ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता सूर्य थापाले पार्टीका शीर्ष नेताको बीचमा चलेको दोहोरीबारे मुख खोलेका छन । मंगलबार सामाजिक सञ्जाल मार्फत अाफ्नो टिप्पणी राख्नदै नेता थापाले वरिष्ठ नेता माधव नेपालको कमजोरीको बारेमा अाफ्नो धारणा राखेका छन । नेता थापाले पार्टीका सबै व्यक्ति विधि र पद्धतिअनुसार चल्नु आवश्यक छ भनेर नेपालले भनिरहॅदा आफैले त्यसको हेक्का नराख्ने, अनधिकृत भेला गरेर दबाब सिर्जना गर्ने तरिका अपनाएर पार्टीको हित नहुने बताएका छन ।

थापाले यस्तो लेखेका छन 

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा लामो समय अलगअलग रहिआएका पूर्ववर्ती दुई पार्टीबीच मातहतमा एकता भइरहेका बेला चिनी र पानी मिसाउदाजस्तो घुलनशीलता हुनुपर्नेमा नेताहरुको भद्दा जुहारीले दुनियाँ हसाइरहेको छ। अहिले एकताको बखत पानी र तेलजस्तो तैरिएर अलग हुने यो अवस्था होइन । किनभने पार्टी एकता आधारभूत तहसम्म पुग्न सकेको छैन ।

त्यसैले यस्तो बेला नेताहरु बढी जिम्मेवार बन्नुपर्छ। पार्टी एकताको संक्रमणकालबाट गुज्रिरहेको हालको अवस्थामा कहीं कतैबाट नेता विशेषलाई उकास्ने र भड्काउने प्रयास हुने भएकाले यस्ता विषयमा उहाँहरु सतर्क रहनुपर्ने खाँचो छ। शीर्ष तहका नेताहरूबाट सुरु भएको घोचपेच वा आरोप प्रत्यारोपलाई दोस्रो र तेस्रो पुस्ताका नेताले पछ्याएको देख्दा गुटबन्दी तल्लो तहसम्मै जाने खतरा विद्यमान देखिन्छ । अनुपयुक्त मञ्चमा पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेर वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै कद होचो पार्नुभएको छ ।

पार्टीका सबै व्यक्ति विधि र पद्धतिअनुसार चल्नु आवश्यक छ भनिरहॅदा आफैले त्यसको हेक्का नराख्ने, अनधिकृत भेला गरेर दबाब सिर्जना गर्ने तरिका अपनाएर पार्टीको हित संभव छैन । यो तथ्य सबभन्दा बढी उहाँले नै बुझ्नुहुन्छ । तैपनि बेलाबेला आवेग र उत्तेजनामा आएर संयम गुमाउने उहाँको कमजोरी रहिआएको छ । कोही व्यक्ति विशेषका लागि मात्रै केन्द्रित नगरेर समग्र पार्टीका लागि संस्थागत कार्य प्रणाली र पद्धतिको अवलम्बन र अभ्यास अनिवार्य छ । भागबण्डा नमिले मात्र विधि, पद्धति र संस्थागत निर्णय प्रक्रियाको रोइलो कसैले पनि प्रदर्शन गर्नुहुदैन ।

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार २१:२१