१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

४५ लघुवित्तले घोषणा गरे लाभांशः ३ वटाले घटाए, १५ कम्पनीकाे बाँकी

२३ फागुन, काठमाडौं । विभिन्न ४५ लघुवित्त कम्पनीहरूले सेयरधनीका लागि वितरण गर्ने लाभांश घाेषणा गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ६० वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ४५ वटा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । भने १५ वटा लघुवित्तले सेयरधनीहरुलाई गत वर्षको मुनाफाबाट विरण गर्ने लाभांश घाेषणा गरेका छैनन् ।

लाभांश घाेषणा गरेका लघुवित्तमध्ये जाल्पा सामुदायिक लघुवित्त, उपकार लघुवित्त, सिवाईसी लघुवित्त र आदर्श लघुवित्त संस्थाले भने यस वर्षदेखि मात्रै सेयरधनीहरूका लागि लाभांश घोषणा गरेका हुन् ।

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा जाल्पा सामुदायिक लघुवित्त रहेको छ । याे बर्ष लघुवित्तले सेयरधनीहरूका लागि ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद गरी कूल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उपकार लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ६१.७५ प्रतिशत बाेनस सेयर र ३.२५ प्रतिशत नगद लाभांश गरी कूल  ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  महिला लघुवित्तले ४७.५ प्रतिशत बाेनस सेयर र २.५ प्रतिशत नगद लाभांश गरी कूल  ५० प्रतिशत, नेशनल माइक्रोफाइनान्स लघुवित्तले ३४.४५ प्रतिशत बाेनस सेयर, जीवन विकास लघुवित्तले २६ प्रतिशत बाेनस सेयर र ७.१५ प्रतिशत नगद लाभांश गरी ३३.१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।

यस्तै, सिवाईसी नेपाल लघुवित्तले ३० प्रतिशत बाेनस सेयर र १.५८ प्रतिशत नगद लाभांश गरी ३१.१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । आँधीखोला लघुवित्तले ३० प्रतिशत बाेनस सेयर र १.५८ प्रतिशत नगद लाभांश गरी ३१.१५ प्रतिशत, फरवार्ड लघुवित्तले २५ प्रतिशत बाेनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने भएकाे हाे ।

आरएमडीसी लघुवित्तले २६ प्रतिशत बाेनस सेयर र १.३६८४ प्रतिशत बाेनस सेयर गरी कूल २७.३६८४ प्रतिशत, साना किसान लघुवित्तले २६ प्रतिशत बाेनस सेयर र १.३६८४ प्रतिशत बाेनस सेयर गरी कूल २७.३६८४ प्रतिशत, छिमेक लघुवित्तले २२ प्रतिशत बाेनस सेयर र ३.२६ प्रतिशत बाेनस सेयर गरी २५.२६ प्रतिशत, महुली लघुवित्तले २० प्रतिशत बाेनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।

त्यस्तैगरी, नेरुडे लघुवित्तले २२ प्रतिशत नगद लाभांश र १.१५७९ प्रतिशत गरी कूल २३. १५७९ प्रतिशत, स्वरोजगार लघुवित्तले २२ प्रतिशत नगद लाभांश र १.१५७९ प्रतिशत गरी कूल २३.१५७९ प्रतिशत, मिर्मिरे लघुवित्तले २३ प्रतिशत बाेनस सेयर वितरण गर्ने भएका हुन् ।

यस्तै, सामुदायिक लघुवित्तले १० प्रतिशत बाेनस सेयर र ११.०५२६ प्रतिशत नगद लाभांश गरी २१. ०५२६ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । डिप्रोक्स लघुवित्तले १० प्रतिशत बाेनस सेयर र ११.०५२६ प्रतिशत नगद लाभांश गरी २१. ०५२६ प्रतिशत, स्वाभिमान लघुवित्तले २० प्रतिशत बाेनस सेयर र १. ०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१. ०५२६ प्रतिशत, विजय लघुवित्तले २० प्रतिशत बाेनस सेयर र १. ०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१. ०५२६ प्रतिशत, स्वाबलम्बन लघुवित्तले १५ प्रतिशत बाेनस सेयर र ६.०५ प्रतिशत नगद लाभांश गरी कूल २१. ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।

आदर्श लघुवित्तले २० प्रतिशत बाेनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कूल २१. ०५ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले १९ प्रतिशत बाेनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत, मेरो माइक्रोफाइनान्स लघुवित्तले १० प्रतिशत बाेनस सेयर र १० प्रतिशत नगद लाभांश गरी २० प्रतिशत, साधना लघुवित्तले १९ प्रतिशत बाेनस सेयर र १ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत, निर्धन उत्थान लघुवित्तले १९ प्रतिशत बाेनस सेयर र १ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत, इन्फिनीटी लघुवित्तले २० प्रतिशत बाेनस सेयर, नयाँ सारथी लघुवित्तले १९ प्रतिशत बाेनस सेयर र १ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत, ग्लोबल आइएमई लघुवित्तले १२ प्रतिशत बाेनस सेयर  र ८ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत, लक्ष्मी लघुवित्तले १५ प्रतिशत बाेनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत, कालिका लघुवित्तले १९ प्रतिशत बाेनस सेयर  र १ प्रतिशत नगद लाभांश गरी कूल  २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

यस्तै, सबैको लघुवित्तले १८ प्रतिशत बाेनस सेयर  र ०.९५ प्रतिशत नगद लाभांश गरी कूल १८.९५ प्रतिशत, समता लघुवित्तले १५ प्रतिशत बाेनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कूल १८ प्रतिशत, मिथिला लघुवित्तले १५ प्रतिशत बाेनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५. ७८९५ जनउत्थान सामुदायिक लघुवित्तले १५ प्रतिशत बाेनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५. ७८९५ प्रतिशत, आशा लघुवित्तले १४.२८५७ प्रतिशत बाेनस सेयर र ०.७१४३ नगद लाभांश गरी कूल १५ प्रतिशत, सूर्याेदय वोमी लघुवित्तले भने १५ प्रतिशत बाेनस सेयर मात्रै वितरण गर्नेछ ।

एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, समीट लघुवित्तले १३.५६२८ प्रतिशत बाेनस सेयर र ०.७१३८ प्रतिशत नगद लाभांश गरी कूल १४.२७६६ प्रतिशत, सिभिल लघुवित्तले ११ प्रतिशत बाेनस सेयर र ०.५८ प्रतिशत नगद लाभांश गरी कूल ११.५८ प्रतिशत,  सपोर्ट लघुवित्तले ११ प्रतिशत बाेनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश गरी कूल ११.५७८९ प्रतिशत, आरएसडीसी लघुवित्तले ८ प्रतिशत बाेनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कूल ११ प्रतिशत, एनएमबि लघुवित्तले १० प्रतिशत बाेनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कूल १०.५२६३ प्रतिशत, किसान लघुवित्तले ७ प्रतिशत बाेनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश गरी कूल ७.३६८४ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तले ४.७५ प्रतिशत बाेनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कूल ५ प्रतिशत र गुराँस लघुवित्तले ४ प्रतिशत बाेनस सेयर र ०. २१०५ प्रतिशत नगद लाभांश गरी कूल ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नेसनल माइक्रोफाइनान्स लघुवित्त र आशा लघुवित्तले लाभांश संशोधन गरेका छन् ।  यसअघि नेशनल माइक्रोफाइनान्स लघुवित्तले ३८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशन बमोजिम संशोधन गरेको हो । यस्तै, आशा लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, राष्ट्र बैंकले लघुवित्तको लाभांश घटाएर स्वीकृति दिएको हो । यस्तै, जीवन विकास लघुवित्तको लाभांश पनि संशोधन भएको छ । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कूल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद गरी कूल १०.५२ प्रतिशत लाभांश रद्द भएको छ । डिप्रोक्स लघुवित्तसँगको मर्जर भाँडिएपछि अर्काे वित्तीय संस्थासँग मर्जरमा नगएसम्म कुनै पनि कम्पनीले लाभांश वितरण गर्न नपाउने भन्दै राष्ट्र बैंकले उक्त कम्पनीलाई लाभांश वितरमा राेक लगाएकाे हाे ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १४:५१