मार्जिन कारोबार गर्न ८७ कम्पनी योग्य, वाणिज्य बैंक १७ वटा मात्रै (विवरणसहित)
२३ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ८७ कम्पनी सूचीकृत कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेकाे जनाएको छ । नेप्सेमा सूचीकृत २४९ वटा कम्पनीमध्ये ८७ वटा कम्पनी मार्जिन कारोबारका लागि योग्य र बाँकी १६२ कम्पनी भने अयोग्य रहेकाे जनाएकाे हाे ।
नेप्सेले जारी गरेकाे सूचना अनुसार १७ वटा वाणिज्य बैंक मात्रै मार्जिन कारोबार गर्न योग्य देखिएका छन् । त्यस्तै ८ वटा विकास बैंक , ५ वटा फाइनान्स कम्पनी, १३ वटा जलविद्युत कम्पनी, २९ वटा लघुवित्त वित्तीय संस्था, ४ वटा जीवन बीमा कम्पनी , ५ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । त्यस्तै तारागाउँ होटल रिजेन्सी, नेपाल पुनबीमा कम्पनी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी र शिवम् सिमेन्ट पनि मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूचीमा रहेका छन् ।


प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १२:२२












