५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

२३ फागुन, काठमाडाैं । मंगलबार सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा काराेबार भएकाे छ ।

आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँमा काराेबार भएकाे छ । आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार ११:३३