१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

कतिमा भयो शुभम पावरको पहिलो कारोबार ?

२३ फागुन, काठमाडाैं । मंगलबार स्पेशल प्रि ओपन सेसनमा शुभम पावर कम्पनीको पहिलो कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–सेसनमा कम्पनीकाे सेयर प्रतिकित्ता २६५ रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको सेयर फागुन १८ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। पहिलो कारोबारका लागि नेप्सले कम्पनीको सेयरलाई प्रतिकित्ता न्यूनतम ८८ रुपैयाँ ४८ पैसादेखि २६५ रुपैयाँ ४४ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो।

सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। गत आइतबार प्रि–सेसनमा नेप्सेले तोकेको रेन्जभित्र शुभम पावरको सेयर किनबेच नभएपछि कारोबार खुलेको थिएन।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार ११:१९