१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

१०० प्रतिशत हकप्रद जारी गर्न अपर तामाकोशीले धितोपत्र बोर्डसँग माग्यो अनुमति

२२ फागुन, काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ। कम्पनीले फागुन १८ गते धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १ः१ अनुपातमा अर्थात चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ। कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो। कम्पनीकाे हकप्रद बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १४:११