१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एनआईसी एसिया लघुवित्तले घोषणा गर्याे लाभांश

२२ फागुन, काठमाडाैं । एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.७५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको १४.७५ प्रतिशतले हुन् आउने २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश आगामी बार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १०:२२