११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशातर्फ अग्रसरः गभर्नर अधिकारी

२१ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकाङ्क सकारात्मक दिशातर्फ अग्रसर भइरहेको जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा गभर्नर अधिकारीले वर्तमानमा अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त प्रस्तुत गर्दै अर्थतन्त्रका सूचकाङ्क सकारात्मक दिशातर्फ अग्रसर भइरहेको जिकिर गरेका हुन् ।

बैठकमा निजी क्षेत्र तथा बैंङ्किङ क्षेत्रका प्रतिनिधिले निजी क्षेत्रको अवस्थाको चर्चा गर्दै बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १६:२२