यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी
२१ फागुन, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३०.७७ अकंले घटेर १९३८.२५ बिन्दुमा बन्द भएको छ । आज २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा गिरावट आउला पनि आज हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ८ करोड ४४ लाख १८ हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सकाे ५ करोड ४८ लाख १९ हजार रुपैयाँ , एशियन लाइफ इन्स्योरेन्स(प्रमोटर सेयर) को ३ करोड ८९ लाख ४१ हजार रुपैयाँ, नबील बैंकको ३ करोड ४५ लाख ८ हजार रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको २ करोड ७० लाख १९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १५:१३












