३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

कति पाउला मोलुङ्ग हाइड्रोपावरकाे आईपीओले ओपनिङ्ग रेञ्ज ?

२१ फागुन, काठमाडाैं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडकाे आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीले फागुन ४ गतेदेखि फागुन १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड फागुन १९ गते सम्पन्न भइसकेकाे छ । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको चासाेकाे बिषय बनेकाे छ ।

कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासो लाग्नु स्वभाविक पनि हाे । अहिले यस्तै चासोको बिषयमा रहको छ मोलुङ्ग हाइड्रोपावर ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ६० रूपैयाँ ६२ पैसादेखि अधिकतम १ सय ८१ रुपैयाँ ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ६० रूपैयाँ ६२ पैसा रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १३:१०