एशियन हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
२१ फागुन, काठमाडाैं । एशियन हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले फागुन १८ गतेदेखि लागू हुने गरी सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।
सेयर रजिष्ट्रार नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनएमबि क्यापिटलले गर्नेछ । कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरी फागुन १४ गते बाँडफाँट गरेको थियो ।
प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १२:४८












