१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

जीवन विकास लघुवित्तको लाभांशमा राष्ट्र बैंकको कैँची, अब बोनस र नगद कति ?

२१ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकको निर्देशनमा जीवन विकास लघुवित्तले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित लाभांशमा संशोधन गरेको छ।

कम्पनीकाे फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

तर राष्ट्र बैंककाे निर्देशनपछि अब कम्पनीले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ७.१५ प्रतिशत नगद गरी कुल ३३.१५ प्रतिशत लाभांश मात्रै वितरण गर्नेछ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ। प्रभावित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १०:५४