११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

१५ अर्ब ४ कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

२१ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ४ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन र १८२ दिनकाे अवधिकाे लागि ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।

बैंकले २८ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र २१ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनकाे अवधिकाे लागि ६ अर्ब ४ कराेड ५० लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल जेठ २३ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल भदाै १९ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल फागुन २१ गते, आइतबार दिउँसो ३ बजे बोलकबाेल भएर फागुन २३ गते, मंगलबार बिक्री हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १०:०६