१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

२० फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ । आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको ६ तलामाथिबाट खसेर उनि घाइतेभएका थिए ।

रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उनि भूँइमा खसेका थिए । उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पुर्याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो ।

नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवमं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाई हुन् । उनि ६२ वर्षका थिए उनका दुई छोरी अमेरिकामा छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार १८:१७