१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आरएमडीसी लघुवित्तले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?

१९ फागुन, काठमाडाैं ।  आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा बाेलाएकाे छ । फागुन १८ गते बसेको बैठकले वार्षिक साधारणसभा सभा चैत १० आयोजना गर्ने निर्णय गरेको हाे । सभा काठमाडाैं कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले संस्थाले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजीकाे २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश पारित गर्नेछ । साथै, सभाले  बोनस सेयर वितरणपछि वृद्धि हुने पुँजी समायोजन गर्न संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने, आरएमडीसी साना किसान विकास लघुवित्तबीच मर्जर प्रक्रिया स्वीकृत गर्ने लगायलका प्रस्ताव पारित गर्ने छ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १ गतेदेखि चैत १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ३० गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीकाे लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १४:०७