५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

१९ फागुन, काठमाडाैं ।  साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा काराेबार भएकाे छ ।

बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ काराेबार भएको छ। बिहीबार चाँदीको मूल्य स्थिर रहँदै १ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार ११:०७