९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

समता घरेलु लघुवित्तले बाेलायाे साधारणसभा, कहिलेसम्म कायम सेयरधनीले पाउछन् लाभांश ?

१९ फागुन, काठमाडाैं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा चैत ११ गते काभ्रेको हिमालयन दृश्य रिसोर्टमा बिहान ११ः३० बजेबाट सुरू हुनेछ । सभाले यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले समता घरेलु र स्वरोजगार लघुवित्त आपसमा मर्जरका सम्बन्धमा डीडीए मूल्यांकनको नियुक्ति, सेयर स्वाप रेसियो प्रस्ताव पारित, प्रारम्भिक समझदारीपत्र तथा मर्जर सम्बन्धमा भएको निर्णयहरुको अनुमोदन, अन्तिम सम्झौतापत्रलगायत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले चैत १ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ३० गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनुका साथै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १०:११