नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?
१८ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको सेयर मूल्य समायाेजन भएकाे छ । नेप्सेमा डिप्रोक्स लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको मूल्य समायोजन भएकाे हाे । यी कम्पनीले बोनस सेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।
१) डिप्रोक्स लघुवित्त
नेप्सेमा डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७४४ रुपैंया ५५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ८१९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
२) सपोर्ट माइक्रोफाइनान्स लघुवित्त
नेप्सेमा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्याको ११ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ९९० रुपैंया ९९ पैसा हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार १०० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमा यी दुवै कम्पनीको आइतबारदेखि सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १६:१५







